जेनजी आन्दोलन : संयमता र राष्ट्रिय एकता कायम राख्न सेनाको अपिल
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
'देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,' सेनाको अपिलमा भनिएको छ, 'यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।'
नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण