मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बच्चाको नाममा कुरो नमिलेपछि जोडीले गरे सम्बन्धविच्छेद

बुधबार, २५ भदौ २०८२, ११ : २७
बुधबार, २५ भदौ २०८२

सारांश

  • चीनमा बच्चाको नाम राख्न नसक्दा एक विवाहित जोडीले सम्बन्धविच्छेद गरेका छन्।
  • पति र पत्नी दुवै बच्चाको नाम आफ्नो इच्छाअनुसार राख्न चाहन्थे, जसका कारण जन्मदर्ता हुन सकेन।
  • अदालतले बच्चाको अधिकारको सुरक्षा गर्दै आमालाई जन्मदर्ता दिन अस्थायी रूपमा राख्ने निर्णय गर्यो।

बेइजिङ । चीनको शाङहाईमा रहेको पुदोङ न्यू एरियाको पिपल्स कोर्टमा हालै अनौठो कारणले गर्दा एक जना विवाहित जोडीले सम्बन्ध विच्छेद गरेका छन् । जोडीको बिहे २०२३ सालमा भएको थियो । 

२०२४ मा दुवैको एउटा छोरा जन्मियो । बच्चाको जन्मपछि मातापिता दुवै खुसी थिए । तर उनीहरूको यो खुसी धेरै समयसम्म टिकेन । बच्चाको नाममा दुवैको सहमति हुन सकेन । पति र पत्नी दुवै छोराको नाम आफूले चाहेको होस् भन्ने चाहन्थे । अनि अर्कोले सक्कली कागजात र पावर अफ अटोर्नी दियोस् भन्ने उनीहरूको इच्छा थियो ।

 बच्चाको नाम आफूले चाहेकै होस् भनेर नाम दर्ता गराउन बुढाबुढी छुट्टा छुट्टै अस्पताल पनि गएका थिए । तर नियममा नहुने कुरा भएकोले दुवैको प्रयास असफल भयो । नाममै सहमति हुन नसकेपछि बच्चा एक वर्षभन्दा ठुलो भइसक्दा पनि बच्चाको जन्मदर्ता हुन नसकेको अनि बच्चालाई खोप लगाउन समेत गाह्रो भएको यो मुद्दा हेरिरहेका न्यायाधीशले सुनाए ।

  कानुनी पहिचानको लागि पनि बच्चाको जन्मको मेडिकल प्रमाणपत्र चाहिन्छ भन्नेमा न्यायाधीशले जोड दिएका थिए । व्यक्तिगत कारणले गर्दा बाउआमाले दर्ताको प्रक्रियामा ढिलाइ गरिरहे भने यसले बालकको नाबालिक अधिकार हनन हुनेछ अनि यसका लागि बाउआमा दुवै जिम्मेवार हुनेछन् । भावनात्मक युद्धमा बच्चालाई ‘मोहरा’को रूपमा प्रयोग नगर्न र विवादलाई ढाल बनाएर अभिभावकत्व नपन्छाउन पनि अदालतले ती अभिभावकलाई सम्झाएका थिए । 

बच्चाको नैसर्गिक अधिकारको सुरक्षा गर्न अदालतले विशेष सूचना जारी गरेर बाउआमा दुबैलाई तोकिएको समयभित्र जन्मदर्ता बनाउन सहयोग गर्न आदेश दिएको छ । तर त्यसपछि दुबैले मौलिक कागजातको कस्टडीबारे झगडा गर्न लागे ।

 बारम्बार दुईबीचको झगडा मिलाउने प्रयास असफल भएपछि अदालतले बच्चाको मौलिक जन्मदर्ता अदालतमै अस्थायी रूपमा राख्ने निर्णय गरेको छ । त्यसपछि भने सो प्रमाणपत्र बच्चाको आमालाई दिइने बताइएको छ । यतिबेला चीनको सामाजिक सञ्जालहरूमा यो घटना भाइरल भइरहेको छ ।

 यति तुच्छ कुराले कसैको बिहे कसरी भाँड्छ भनेर धेरैजसो मानिस सोचमग्न भएका छन् । एक जनाले त यस्तो दम्पतीले बच्चै किन पाउनु भनेर समेत प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप