मकवानपुरको बाल सुधारगृहबाट ७२ जना बालक भागे
काठमाडाैँ । बाल सुधार गृह मकवानपुरमा रहेका ७२ जना बालकहरू भागेका छन् । बाल सुधार गृहमा रहेका ९४ बालक मध्ये ७२ जना भागेका छन् भने २१ जनालाई नियन्त्रणमा राखिएको छ ।
हेटौँडा–११ स्थित बाल सुधार गृहमा रहेका बालकहरूको अभिभावकले नाराबाजी सहित गेट तोडफोड गरेर बालकहरूलाई भगाएका थिए । अभिभावकहरूले सुधार गृहको बाहिरबाट नाराबाजी गरेर गेट भत्काएका थिए । सो क्रममा सुरक्षाकर्मी र सुधारगृहका बालक तथा अभिभावकहरू बिच झडपको स्थिति बनेको थियो । सुरक्षामा खटिएका प्रहरीले अवस्था नियन्त्रण लिन नसकेपछि उनीहरू भाग्न सफल भएका थिए ।
सुधार गृहका प्रमुख प्रदिप गौतमका अनुसार ४०/४५ जनाको समूहमा रहेका अभिभावकहरूले गेट बाहिरबाट ढुंगामुढा गरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । १० मिनेटको समय अवधि भित्र सबै घटनाहरू सकिएको उनले बताए ।
बुधबार दिउँसो ३ः१० बजेदेखि ३ः२० बजेको समयमा उक्त घटना भएको उनले बताए । राती नै व्याग प्याक गरेर बसेका उनीहरुले टिभीमा देखेर भाग्ने योजना बनाएको र सो कार्यमा अभिभावकहरूले सहयोग गरेका थिए । भाग्नेहरूमा अधिकांश बालकहरू लागुऔषध मुद्दामा रहेको प्रमुख गौतमले बताए ।
लामो समय सजाय तोकिएका र पूर्पक्षमा रहेकाहरु भागेको र २२ जनाले स्वस्फुर्त रुपमा आफूहरू नभाग्ने भनेर बसिरहेको उनले बताए । सुधार गृहमा रहेका २२ बालकहरूको सजाय अवधि कम रहेको उनले बताए ।
१४ वर्षदेखि २३ वर्षसम्मका युवकहरू रहेको उक्त सुधार गृहमा ८ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै आएका थिए । घटनाको केही समयमा जिल्ला प्रहरीबाट २ गाडीमा सेना र प्रहरी पठाएपनि बालकहरू भागिसकेका थिए । हाल सुधार गृहको बाहिर १५ जना प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण