जसपा नेपालले भन्याे– परिवर्तनकारी युवाहरूलाई समेटेर अन्तरिम सरकार गठन गराैँ
सारांश
- जसपा नेपालले युवाहरूलाई समेटेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताएको छ।
- पार्टीले युवा पुस्ताको आन्दोलनको सफलताको प्रशंसा गर्दै बधाई दिएको छ।
- जसपा नेपालले मुलुकमा थप क्षति हुन नदिन सचेत रहन आग्रह गरेको छ।
काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले परिवर्तनकारी युवाहरूलाई समावेश गरी तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनु आजको आवश्यकता भएको बताएको छ । बुधबार जसपा नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
प्रवक्ता मनिष कुमार सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'नेपालको इतिहासमा पहिलो पटक जेनजीका युवा पुस्ताद्वारा सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका खातिर गरिएको आन्दोलन विजयकासाथ सफल भएको छ । यसका लागि आन्दोलनकारी युवा पुस्तालाई हार्दिक बधाई दिन चाहन्छौँ । आन्दोलनरत परिवर्तनकारी युवाहरूलाई समावेश गरी तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनु नै आजको आवश्यकता हो ।'
आन्दोलनको क्रममा मुलुकमा जन-धनको अपूरणीय क्षति हुन गएको भन्दै थप दुर्घटना तथा क्षति हुन नदिन सचेत र सजग रहनुपर्ने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगतमा भएका आन्दोलन, सङ्घर्ष, त्याग र बलिदानद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू खासगरी समानता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र मौलिक हक जस्ता उपलब्धिहरूलाई संरक्षण गर्दै थप उपलब्धिहरूका लागि प्रयास निरन्तर जारी रहनुपर्ने समेत जसपा नेपालले बताएको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार लगायत सयाैँकाे संख्यामा सरकारी तथा निजी संरचना जलाइएकाे थियाे । उनीहरूले भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जालमाथि प्रतिबन्धकाे विराेधमा प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण