सङ्कटबाट मुलुकलाई जोगाऔँ : गोकर्ण विष्ट
सारांश
- एमाले सचिव गोकर्ण विष्टले जेन-जी पुस्ताको भावनालाई सम्बोधन गर्नुपर्ने बताए।
- उनले भ्रष्टाचार अन्त्य, सुशासन र समृद्धिको चाहना संविधान र लोकतन्त्रबाटै सम्भव रहेको उल्लेख गरे।
- विष्टले संकट समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्न आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौमसत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनुपर्ने बताएका छन् ।
विष्टले बिहीबार सामाजिक सञ्जालमा लेख्दै जेन–जी आन्दोलनमा सहभागीहरुले भनेजस्तो भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाज विहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव छ भन्ने कुरालाई आत्मसात् गर्न जरुरी रहेको बताएका छन् ।
‘हामीले विगतका कमीकमजोरीहरूको गम्भीर समीक्षा त गर्ने नै छौँ’,विष्टले भनेका छन्, ‘तर यतिबेलाको सङ्कटको समाधानका लागि लोकतन्त्र र संवैधानिक सर्वोच्चतामा विश्वास राख्ने जेन–जी पुस्ताका मित्रहरू, राजनैतिक दल, नागरिक समाज र सम्पूर्ण दाजुभाइ दिदीबहिनी एकताबद्ध भई सजगताका साथ भूमिका निर्वाह गरौं । सङ्कटबाट मुलुकलाई जोगाऔँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण