नेपाल बारको निष्कर्ष : संविधानभित्रबाटै नयाँ सरकार गठन हुनुपर्छ
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको भर्चुअल बैठकले अहिलेको अवस्थामा संविधानभित्र बाटै सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।
अहिले देखिएको संवैधानिक जटिलताको विषयमा प्रश्न उठिरहेका वेला नेपाल बारले भर्चुअल बैठक गर्दै संवैधानिक सङ्कटको निकास खोजिनुपर्ने बताएका हुन् ।
पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रैबाट विकल्प खोज्नुपर्ने बताए । जेनजी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरू दिनुपर्ने बताए ।
अहिलेको अवस्थामा संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीको खोजी गरिन नहुने उनले बताए । संवैधानिक सङ्कटबाट मुलुकलाई बाहिर ल्याउनका लागि नेपाल बारले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्नुपर्ने बताए । उनले जेनजी मुभमेन्ट किन आयो र यसको रुट कजहरु के–के हो भन्नेबारे स्पष्ट हुन जरुरी छ, उनले भने, ’केही मानिसहरूको कुरा सुन्न नै जेनजी पुस्ता तयार नरहेको देखिएको छ ।’
कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जेनजीको भावनालाई सम्बोधन हुने गरी विज्ञप्ति जारी हुनुपर्ने बताए । ’जेनजीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्ध रहेको कुरा नेपाल बारले बिर्सन हुँदैन, उनले भने, ’न्याय प्रक्रिया अघि बढेको प्रत्याभूति हुनु जरुरी छ ।’
कम्तीमा सर्वोच्च अदालतले न्यायको प्रत्याभूति हुने गरी बन्दीप्रत्यक्षीकरण रिटमा भने पनि सुनुवाइ गरिनुपर्छ ।
वरिष्ठ अधिवक्ता बाबुराम जोशीले जेनजीको आन्दोलन संविधान विरोधी आन्दोलन नभई भ्रष्टाचार नियन्त्रण र पूर्ण कार्यकालको सरकार भएको बताए ।
उनका अनुसार अहिले संविधान विहीनता जस्तो हो कि भन्ने लाग्ने अवस्था आउन नहुने र नेपाल बारले संविधानभन्दा बाहिर गएर कुनै पनि निकास खोज्न नहुने स्पष्ट राख्नु पर्छ ।
संविधानसभाबाट बनाएको संविधान अहिलेको अवस्थामा डिसपोज गरेमा विकराल अवस्था आउने बताए । सरकार निर्माणका लागि संविधानको धारा ७३(३) अनुसार नयाँ सरकार गठन हुन नसक्ने अवस्था भएमा संसद्को सदस्यभित्रबाटै प्रधानमन्त्री चयन हुनुपर्ने उनले सुझाव दिए ।
चुनावी सरकार अविलम्ब गठन गर्न पनि माग गरे। कानुन व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभूत स्ट्याण्ड सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताए ।
उनले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताए । अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण