राष्ट्रपति र सभामुखको समन्वयका आधारमा नयाँ मन्त्रिपरिषद् गठन हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक संकट समाधानका लागि नयाँ मन्त्रिपरिषद गठन गर्न सुझाव दिइन्।
- जेनजी आन्दोलनमा १९ युवाको मृत्यु भएपछि भएको हिंसा र आगजनीका कारण मुलुक स्तब्ध भएको छ।
- भण्डारीले युवा पुस्ताको आन्दोलनलाई सही दिशा दिन र हिंसाको छानबिन गर्न आग्रह गरिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिएकी छन्।
‘जेनजी’ले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलनमा १९ युवाको ज्यान गएपछि भड्किएको हिंसा, आगजनी र तोडफोडका कारण मुलुक स्तब्ध बनेको भन्दै उनले बिहीबार एक विज्ञप्तिमार्फत यस्तो संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।
'प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ,' भण्डारीले विज्ञप्तिमा भनेकी छन्।
उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्नसमेत सम्बद्ध सबैलाई आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको समाजलाई स्वतन्त्रताको वातावरणमा फर्काउने जेनजी पुस्ताको सपना अझ लोकतान्त्रिक र अग्रगामी हुने विश्वास समेत व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण