यातायात सुचारु गर्ने अझै अनिश्चित
काठमाडौँ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सेवा सञ्चालन अनिश्चित रहेको जनाएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले उग्ररूप लिएपछि मंगलबारदेखि यातायात व्यवसायीहरूले यातायात सञ्चालन अनिश्चितकालका लागि बन्द गरेका थिए ।
हाल नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिएको छ । यससँगै अहिले देशभर निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यस कारण अत्यावश्यक सामग्री ढुवानीका सवार, एम्बुलेन्स दमकल लगायत मात्र सञ्चालनमा छन् । अन्य यातायात ठप्प रहेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशको वर्तमान विषम परिस्थितिमा तत्काल के गर्ने भन्ने निर्णय गर्ने अवस्था नरहेको बताए । तर उपयुक्त वातावरण तयार भएपछि सेवा दिन तयार रहेको बताए ।
सिटौलाका भन्छन्, ‘अहिले हामी के गर्ने भन्ने निर्णय गर्ने अवस्थामा छैनौँ । देश सबै ठप्प छ र, यो अवस्थामा हामीले यो गर्छौँ भनेर हुने अवस्था पनि छैन ।’ उनले सहज रूपमा सेवा सञ्चालन गर्ने अवस्था आएमा आफूहरूले सुरु गर्ने स्पष्ट पारे ।
यद्यपि, यातायात सेवा सञ्चालनका विषयमा अहिलेसम्म सरकारको तर्फबाट कुनै पनि निकायले छलफल नगरेको सिटौलाको गुनासो छ । ‘हामीलाई अहिलेसम्म सरकारको तर्फबाट कसैले छलफल गरेको छैन,’ उनले भने, ‘नेपाली सेना वा सरकारले छलफल गरेर यातायात सुचारु गर्न सरकारले के गर्न सक्छ भन्छ भने हामी त्यही अनुसार गर्न तयार छौँ ।’
महासङ्घले देशमा उत्पन्न असहज परिस्थिति र ठप्प भएको अवस्थामा यातायात सञ्चालनका लागि सरकारी निकायमार्फत आवश्यक पहल भएपछि मात्रै यातायात सुचारु गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण