संविधानको रक्षा तथा राष्ट्रपतिलाई सार्वजनिक माग गर्दै हेटौँडामा प्रदर्शन
काठमाडौँ । संविधानको रक्षा तथा राष्ट्रपतिलाई सार्वजनिक माग गर्दै हेटौँडामा प्रदर्शन गरिएको छ ।कांग्रेस एमालेका युवाहरूले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै हेटौँडामा प्रदर्शन गरिएको हो ।
हेटौँडा–४ हुप्रा चौरमा जम्मा भएका युवाहरू संविधानको रक्षा, राष्ट्रपतिलाई सार्वजनिक गर्न माग सहित सैनिक शासन मान्य नहुने भन्दै नाराबाजी गर्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले जेन्जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूलाई सहिद घोषणा,संविधानको रक्षा, राष्ट्रपति सार्वजनिक गर, सैनिक शासन मान्य हुनेछैन, संवैधानिक सर्वोच्चता कायम गर तथा संसद् विघटन मान्य छैन जस्ता नारा लगाएका थिए ।
उनीहरुले हुप्रा चौरबाट र्याली सुरु गरी मेनरोड, बैंक रोड हुँदै सिमाचोकमा गएर कोणसभा गरेका थिए । कोणसभा सकेर युवाहरूले स्कुल रोड पारिजात पथबाट पुनः हुप्रा चौर पुगेर प्रदर्शन सम्पन्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण