‘संविधानको रक्षा गर' भन्दै रौतहटमा राजनीतिक दल सडकमा
सारांश
- रौतहटमा नेपाली कांग्रेस, एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले संयुक्त प्रदर्शन गरेका छन्।
- उनीहरूले संविधानको रक्षा र राष्ट्रपतिको भूमिकालाई लिएर नारा लगाए।
- एमाले नेता कुन्दन कुशवाहाले आन्दोलनको छानबिन र विदेशी सेना भित्र्याउने चलखेल रोक्न माग गरे।
रौतहट । देशमा जारी सङ्कटपूर्ण परिस्थितिको विरोधमा रौतहटको कटहरिया र चन्द्रनिगाहपुरमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले संयुक्त प्रदर्शन गरेका छन्।
‘संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर’ जस्ता नारा लगाउँदै उनीहरूले बिहीबार सडकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी नेता–कार्यकर्ताहरूले संविधानको सीमाभित्र रहेर मात्र राष्ट्रिय सङ्कटको निकास खोजिनुपर्नेमा जोड दिएका छन्।

कटहरियामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले 'जेनजी' आन्दोलनको नाममा देशभर भएका तोडफोड, आगजनी र विध्वंसका घटनाहरूको छानबिन हुनुपर्ने माग गरे। उनले देशमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न जेनजीलाई नै आग्रह गरे।
कुशवाहाले नेपालको सुरक्षाका लागि नेपाली सेना पर्याप्त रहेको दाबी गर्दै आन्दोलनका क्रममा सर्वोच्च अदालत र स्थानीय तहका कार्यालयहरूमा भएका आगजनीको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरे। उनले कटहरिया नगरपालिकामा भएको आगजनीलाई ‘सुनियोजित’ भन्दै त्यसको पनि छानबिन आवश्यक रहेको बताए।
उनले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि सबै नेपाली जनता एक हुनुपर्नेमा जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण