शीतल निवास वार्ता: बिहान ९ बजे पुनः बस्ने गरी स्थगित
सारांश
- शीतल निवासमा बसेको बैठक निष्कर्षविहीन भएपछि भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ।
- अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिने विषयमा दलहरूबीच सहमति भए पनि संवैधानिक प्रक्रियामा समस्या देखिएको छ।
- राष्ट्रपति, प्रधानसेनापति, पूर्वप्रधानन्यायाधीश र कानुनविद्बीचको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित भयो।
काठमाडौँ। शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेकाे बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठुलो चुनौती बनेको हाे।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो।
बैठकको मुख्य एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय थियो। तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको हो ।
यसबिच, जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएपछि दबाब बढेको छ।
राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण