यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम
सारांश
- मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमा रहेको छ।
- लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार, कैलाली र आसपासका जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ भने बबई नदीको बहाव सतर्कता तहको आसपास तथा बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ |
साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी इलाम, झापा, काभ्रेपलान्चोक, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
-
गोलरक्षकका लागि टाउको दुखाइ बन्दै विश्वकपको नयाँ बल ‘ट्रिओन्डा’
-
चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण