भक्तपुरमा फरक–फरक घटनामा तीन जनाको मृत्यु
भक्तपुर । भक्तपुरमा बितेको २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । जसमा दुई जनाले आत्महत्या र एक जनाको रहस्यमय अवस्थामा शव फेला परेको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय राज चाकातु आत्महत्या गरेका हुन् ।
आफ्नै घरमा मुसा मार्ने बिषादी सेवन गरी अशक्त भएका राजलाई उपचारको लागी आमा शर्मिला चाकातुले तत्काल भक्तपुर अस्पताल लगेकी थिइन् ।
उनको त्यहाँ उपचारका हुन नसकेपछि नागरिक अस्पताल गठ्ठाघर लगिएको र शुक्रबार राती करिब १२ बजेतिर मृत्यु भएको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले बताएका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थली मनहरा सुकुम्बासी बस्तीका एकजना युवाले आत्महत्या गरेका छन् ।
सोही स्थानको ब्लक नं. १ स्थित बस्ने बर्ष २५ का सुरज दियाली आफ्नै घरको कोठामा बासको दलिनमा नाईलनको डोरी घाटीमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एकजनाको शव फेला परेको हो । उक्त नगरपालिकाको जितपुर टावर स्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा ३६ का उमेश कार्की मृत्त अवस्थामा भेटिएका छन् ।
प्रहरीले घटना स्थलमा आवश्यक अनुसन्धान गरी मृतक उमेश कार्कीको हत्या भएको हुन सक्ने आशंकामा घटनामा संलग्न रहेका ब्यक्तिहरुको खोजी गरिएको प्रवक्ता प्रनाउ पोखरलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण