पाकिस्तानः बाढी प्रभावित २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा आएको बाढीका कारण प्रभावित २० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
देशको पूर्वी भाग बाढीबाट सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । सिन्ध प्रान्तमा पनि १ लाख ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानका राष्ट्रिय विपद् व्यवस्थापन प्रमुख इनाम हैदर मलिकले बताएका छन् । स्थिति बिग्रिँदै गएकोले आगामी दिनमा यो सङ्ख्या अझ बढ्न सक्ने पनि उनले बताएका छन् ।
गएको जुनको अन्त्यदेखि मनसुनी वर्षाका कारण देशभर ९०० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।
जलवायु परिवर्तनले हालैका वर्षमा पाकिस्तानको बाढीको अवस्थालाई बढी गम्भीर बनाएको छ । सरकारले राम्रो सतर्कता प्रणाली र बलियो पूर्वाधार सिर्जना गर्ने जस्ता विपद्सँग जुध्ने उपायमा समयमै लगानी नगरेको गुनासो आलोचकहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण