आपराधिक गतिविधि देखिएमा टोल फ्री नम्बरमा फोन गर्न सशस्त्र प्रहरीको आग्रह
सारांश
- सशस्त्र प्रहरीले शान्ति र सुव्यवस्था कायम राख्न प्रतिबद्धता जनाएको छ।
- सशस्त्र प्रहरीले सीमा सुरक्षामा कुनै विचलन नभएको जनाएको छ।
- भ्रामक प्रचार र आपराधिक गतिविधिबारे सचेत गराउँदै सहयोगको अपिल गरेको छ।
काठमाडौँ । सशस्त्र प्रहरीले राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। हालैको विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी संयमताका साथ देश र जनताको सेवामा खटिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालले आफ्नो मुख्य जिम्मेवारीअन्तर्गत सीमा सुरक्षामा कुनै पनि किसिमको विचलन नआएको स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय सीमामा रहेका अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा सीमा अपराध, घुसपैठ र अतिक्रमण जस्ता कार्यहरू रोक्न प्रहरी प्रभावकारी रूपमा परिचालन भइरहेको जनाइएको छ।
सशस्त्र प्रहरी बलले हालैको विषम परिस्थिति सामान्यीकरण हुँदै गर्दा केही व्यक्ति वा समूहले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भ्रामक प्रचारप्रसार गर्न सक्ने वा परिस्थितिको फाइदा उठाई लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्न सक्ने भन्दै सचेत गराएको छ।
यस्ता आपराधिक गतिविधिहरू कतै देखिएमा वा पाइएमा तुरुन्तै सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ वा अन्य सुरक्षा निकायहरूमा जानकारी गराएर सहयोग गरिदिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण