बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रविलाई दिएको पत्रबारे कारागारका महानिर्देशक भन्छन्, ‘अहिले टिप्पणी नगरौँ’

शुक्रबार, २७ भदौ २०८२, २२ : ५१
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट छुटे, तर राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने पत्र सार्वजनिक भयो।
  • कारागार प्रशासनले जेनजी प्रदर्शनको दबाबपछि लामिछानेलाई थुनामुक्त गरेको र यस विषयमा आलोचना भएको छ।
  • कारागार व्यवस्थापन विभागका अनुसार २ हजारभन्दा बढी कैदीबन्दी सम्पर्कमा आएका छन् भने ११ हजारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिएर एउटा पत्र सार्वजनिक गरे ।

नख्खुका जेलर सत्यराज जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख छ ।

जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

भदौ २४ मा जेनजी प्रदर्शनकारीले दबाब दिएपछि कारागार बाहिर आएका लामिछानेलाई प्रशासनले दिएको पत्रबारे आलोचना भएको छ । 

अदालतको आदेशले थुनामा राखिएका लामिछानेलाई सो निकायकै आदेशमा मात्र थुनामुक्त गर्न मिल्छ । तर, कारागार प्रशासनले दिएको पत्रबारे कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाराज शर्माले भने, ‘त्यसबारे बुझ्नै पाएको छैन ।’

विभागको काम कारागार कार्यालयहरूको अनुगमन र लजिष्टिक सपोर्ट रहेको उल्लेख गर्दै शर्माले भने, ‘हामी भागेका कैदीहरूलाई सम्पर्कमा ल्याउने काममा छौँ, त्यो पत्रबारे अहिले टिप्पणी गर्नु हतार हुन्छ ।’

कारागारबाट भागेका २ हजारभन्दाबढी कैदीबन्दी सम्पर्कमा आएको शर्माले जानकारी दिए । १३ हजार कैदीबन्दी कारागार र बालसुधार गृहबाट भागेका छन् । उनले भने, ‘हामी ११ हजार कैदीलाई सम्पर्कमा ल्याउने प्रयासमा छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप