गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने
सारांश
- गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ।
- जेनजी आन्दोलनका कारण गृह मन्त्रालयको भवन ध्वस्त भएपछि यो निर्णय लिइएको हो।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ भवन प्रयोग गर्नुपर्ने भएकाले यस्तो भएको हो।
काठमाडौँ । गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ । जेनजी आन्दोलनका क्रममा अहिलेको गृह मन्त्रालय बसेको भवन ध्वस्त भएको र सो मन्त्रालय राख्ने उद्देश्यका साथ यसअघि नै बनाइएको नयाँ भवन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गर्नुपर्ने भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा सार्न लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको थियो । हाल प्रयोगमा आइरहेको गृह मन्त्रालयको भवन पनि प्रयोग गर्न अयोग्य हुनेगरी ध्वस्त भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यहाँ सार्न लागिएको हो । यसअघि पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा परराष्ट्र मन्त्रालय सार्ने भनिएको थियो ।
तर, भदौ २४ गतेको आन्दोलनका कारण गृह मन्त्रालय ध्वस्त भएकाले अब गृह मन्त्रालय सार्न लागिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले अहिले मन्त्रालय बसेको भवन प्रयोगका लागि अयोग्य हुनेगरी ध्वस्त भएको जानकारी दिए । नयाँ भवनमा सार्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरिरहेको जानकारी प्रवक्ता काफ्लेले दिए ।
गृह मन्त्रालयले अहिले सुरक्षा समन्वय महाशाखा अन्तर्गतको ‘कन्ट्रोल रुम’ भने मन्त्रालय रहेको भवनको भग्नावशेषबाट चलाइरहेको छ । मन्त्रालयको यो शाखाले मुलुकभरको सुरक्षा अवस्थाको मनिटरिङ गर्ने काम गर्छ ।
मुलुकको विषम परिस्थितिका कारण अप्ठ्यारोमा परेका स्वदेशी र विदेशीको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थापन गर्ने काम पनि यही शाखाले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण