कार्कीको नेतृत्वले देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण गर्ने पारसको विश्वास
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएका छन्।
खड्काले आफ्नो फेसबुक पोस्टमार्फत कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशका सबै नागरिकका लागि उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गरेका छन्। उनले राजनीतिक अस्थिरताबीच संयमता देखाउँदै कानुन र शान्ति–व्यवस्था कायम राखेकोमा सेनाप्रमुख आशोकराज सिग्देल र नेपाल सेनालाई विशेष आभार प्रकट गरेका छन्।
यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। घाइते भएका युवाहरुलाई भने शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।
“नेपाल निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो, दृढ भएर अगाडि बढौँ,” खड्काले आफ्नो पोस्टमा लेखेका छन्। उनले अन्त्यमा “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने संस्कृत श्लोकसमेत उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण