संयुक्त राष्ट्रसङ्घद्वारा प्रधानमन्त्री कार्कीको नियुक्तिप्रति बधाई
सारांश
- संयुक्त राष्ट्रसङ्घकी प्रतिनिधि हाना सिंगर हमदीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमा बधाई दिइन्।
- उनले शान्ति, न्याय, पारदर्शिता र प्रगतिका लागि नेपालसँगै रहने प्रतिबद्धता व्यक्त गरिन्।
- राष्ट्रपति, प्रधानसेनापति र युवा नेताहरूको योगदानको प्रशंसा गर्दै उनले सरकारसँग सहकार्य गर्ने बताइन्।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रतिनिधि हाना सिंगर हमदीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति नेपाली जनतालाई बधाई दिएकी छिन्।
शुक्रबार एक सन्देश जारी गर्दै उनले भनेकी छिन्, “संयुक्त राष्ट्र नेपालका जनतासँग शान्ति, न्याय, पारदर्शिता, जबाफदेहीपन र प्रगतिका लागि उनीहरूको आकाङ्क्षामा सधैँसँगै छ।”
साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल र जेनजि युवा नेताहरूको महत्त्वपूर्ण योगदानको पनि सराहना गरेका छन्। उनीहरूले भने, “यस सङ्क्रमणलाई सम्भव बनाउनमा यी सबैको भूमिका महत्त्वपूर्ण रहेको छ। साथै आन्दोलनको क्रममा जीवन गुमाएका सबै प्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ।”
प्रतिनिधि हमदीले प्रधानमन्त्री कार्कीलाई यो संवेदनशील समयमा जिम्मेवारी सम्हाल्न सफलताको शुभकामना दिएका छन्। साथै संयुक्त राष्ट्रले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको मार्गमा सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण