सुशीला कार्कीलाई बधाई दिँदै सुनिताले भनिन्– 'बदलाको भावनाभन्दा माथि उठेर काम गर्नुहोस्'
सारांश
- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिइन्।
- उनले बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव दिँदै न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्नुपर्ने बताइन्।
- डङ्गोलले नयाँ पुस्ताको आकांक्षा र शहीदको बलिदानलाई सम्मान गर्दै मुलुकलाई सुशासनको मार्गमा डोर्याउने विश्वास व्यक्त गरिन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छिन् । साथै उनले बदलाको भावनाभन्दा माथि उठेर काम गर्न पनि सुझाव दिएकी छिन् ।
उनले भनेकी छिन्–'यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।'
उनी थप भन्छिन्– 'हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण