रौतहटमा डुबेर बालिकाको मृत्यु
शनिबार, २८ भदौ २०८२, १५ : ३८
सारांश
- रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक १० वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।
- जितिया पर्वको अवसरमा आमासँगै नुहाउन गएकी बालिका करिब १० बजे बेपत्ता भएकी थिइन्।
- प्रहरीले बालिकाको शव दिउँसो १ बजे फेला पारेको थियो र घटनाको अनुसन्धान भइरहेको छ।
चन्द्रपुर । रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण