'अभिभावकको जिम्मामा विद्यालय आउन जान नसक्ने विद्यार्थीलाई भर्चुअल क्लासमार्फत सहजीकरण गर्नू'
सारांश
- काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनको तयारी थालेको छ।
- शिक्षक तथा कर्मचारीलाई आइतबारदेखि विद्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
- अभिभावकको सहमति र परिस्थिति सामान्य भएमा ३० भदौदेखि पठनपाठन सुरु हुनेछ।
काठमाडौँ । देशमा उत्पन्न परिस्थितिका कारण रोकिएको अध्ययन–अध्यापन फेरि सुरु गर्ने तयारीमा काठमाडौँ महानगरपालिका लागेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु र निषेधाज्ञा हटाएको सूचनापछि महानगरपालिकाले आफ्ना मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ । निर्देशनअनुसार आइतबारदेखि सबै शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित हुन भनिएको छ तर विद्यार्थीलाई भने उक्त दिन विद्यालयमा नबोलाउन भनिएको छ ।
विद्यालयमा उपस्थित भई प्रशासनिक काम, सरसफाइ लगायत कार्य गर्नुपर्ने र विद्यालयमा कुनै क्षति भए विवरण महानगरमा उपलब्ध गराउन भनिएको छ । साथै अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्थाबारे बुझ्न पनि निर्देशन दिइएको छ ।
महानगरपालिकाले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउने–लैजाने जिम्मा लिन तयार भए र परिस्थिति सामान्य देखिएमा ३० भदौ सोमबारदेखि विद्यालयमा अध्ययन–अध्यापनसँगै मनोसामाजिक परामर्श सुरु गर्न सकिने जनाएको छ ।
तर विद्यालय आउन–जान अभिभावकको जिम्मामा पठाउन नसक्ने विद्यार्थीलाई भने भर्चुअल क्लासमार्फत सहजीकरण गर्न महानगरपालिकाले विद्यालयलाई सूचनामार्फत निर्देशन दिएको छ ।
_OGk0lQvi0c.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण