कुटपिट र अपमान गरेको भन्दै युवकले लिए आफ्नो ज्यान
धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका २५ वर्षीय नरेश धानुकले कुटपिट र सामाजिक अपमान सहन नसको भन्दै आत्महत्या गरेका छन्।
धानुकले आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफूलाई ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट गरिएको आरोप लगाएका थिए। भावुक हुँदै उनले सामाजिक अपमानकै कारण आत्महत्या गर्न बाध्य भएको बताउँदै केही व्यक्तिलाई आफ्ना मृत्युका जिम्मेवार ठहर गरेका थिए।
उनको अन्तिम सन्देशमा भनिएको छ, ‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु।’
मृतककी दिदी हिरा धानुकका अनुसार, शुक्रबार राति साढे १० बजेतिर नरेशलाई जबर्जस्ती मदिरा सेवन गराइयो र त्यसपछि निर्वस्त्र पारेर कुटपिट गर्दै गाउँभर दौडाइएको थियो। ‘त्यसरी अपमान गरेपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,‘ उनले भनिन्।
पीडित परिवारले शव नउठाउने चेतावनी दिँदै मृतकका छोराछोरीको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेका छन्।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दर्ता भइसकेको छ। प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता सागर बोहराले घटनाको अनुसन्धान र छानबिन सुरु भएको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण