राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार विघटन हुनुपर्ने बताए।
- उनले वर्तमान सरकार बदल्ने सम्झौतालाई जेनजी आन्दोलनसँग धोका भएको टिप्पणी गरे।
- साहले संविधानको रटान लगाउनुको औचित्य नभएको र नयाँ संविधान निर्माणको दिशामा अगाडि बढ्नुपर्ने बताए।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्ने धारणा राखेका छन् ।
शनिवार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदल्ने सम्झौता जेनजी आन्दोलनसँग धोखा भएको टिप्पणी गरेका छन् ।
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस, एमालेको अलोकतान्त्रिक, अवैधानिक गठबन्धनको अपवित्र सरकार, संसद् र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उही संसद् र संविधानमा टेकेर अगाडि बढ्ने कुरा गर्नु जनादेशको अपमान हुने उनले बताए ।
‘वर्तमान सरकारको गठन र संसद्को विघटनलाई अलोकतान्त्रिक एवं असंवैधानिक भन्नेहरूसँग मेरो प्रश्न छ, २०४६ सालको अन्तरिम सरकार र संविधान, २०६३ सालको अन्तरिम सरकार र संविधान कुन संविधान अनुसार भएको थियो तथा ०७० सालमा खिलराज प्रधानमन्त्री कुन विधि विधान अन्तर्गत भएको थियो ?’ साहले प्रश्न गरे ।
नेपाली जनताले अहिलेको संविधान र गठबन्धनको अपवित्र सरकार दुवै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको बताउँदै उनले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरेर नयाँ संविधान निर्माणको दिशामा अगाडी बढ्नुको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण