हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
आइतबार, २९ भदौ २०८२, १३ : ५२
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान हेटौँडा–१ बुद्धचोकमा उपमेयर बानियाँमाथि आक्रमण भएको हो ।
आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणमा संलग्न हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरिएको बताए । आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण