कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन
सारांश
- कैलाली भन्सार कार्यालयले आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि आजदेखि नियमित सेवा सुरु गरेको छ।
- क्षतिग्रस्त कार्यालयको सट्टा, सवारी पार्किङ र मर्मतका लागि प्रयोग हुने भवनबाट सेवा सञ्चालन भइरहेको छ।
- कार्यालयले आयातनिर्यातको काम पुनःसञ्चालन गरेको छ, जसमा २५ वटा मालबहाक गाडी भारतबाट भित्रिए।
कैलाली । जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ ।
क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवाप्रवाह सञ्चालन गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ । सो भवनबाट बैंकको काउन्टर, आयातनिर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए ।
भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्वपूर्ण फाइलहरू, तथ्याङ्कलगायत सामग्री नष्ट भएको उनले जानकारी दिए । उनले भने- ‘हामीसँग उपलब्ध भएका स्रोतसाधनको प्रयोगमार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौँ ।’
कैलाली भन्सार कार्यालयले आयातनिर्यातको काम आजदेखि पुनःसञ्चालन गरेको छ । नेपाल आयलनिगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहीबार नै धनगढी आयात गरिएको थियो ।
आजदेखि अन्य अतिआवश्यक वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रुपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । आजमात्रै भारतबाट सो भन्सार भएर २५ वटा मालबहाक गाडी भित्रिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण