सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी, मन्त्री छनोटमा असन्तुष्टि
सारांश
- सुदन गुरुङ समूहका जेनजीहरुले मन्त्री छनोटपछि प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरे।
- आन्दोलनकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गरे, जसमा मृतकका परिवारका सदस्यहरू पनि सहभागी थिए।
- नवनियुक्त मन्त्रीहरूमा ओम प्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ रहेका छन्, जसलाई लिएर असन्तुष्टि व्यक्त गरिएको छ।
काठमाडौँ । मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् ।
सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा नै माग्न भ्याए । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् ।
सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो।
विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरुको आक्रोश देखिएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरिएको छ।
तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका हुन् ।
एक सार्वजनिक भिडियोमा नाराबाजीमा संलग्नहरुले भनेका छन्, ‘यो आन्दोलन अरु कसैबाट हाइज्याक भएको छ । आन्दोलनको सहजकर्ता बनेको मान्छेले गृहमन्त्री किन खायो ?’ स्मरण रहोस्, सुदन गुरुङसहितको समर्थनमा कार्की प्रधानमन्त्री बनेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण