शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ उपत्यकाका विद्यालयमा पठनपाठन पुनः सुरु

सोमबार, ३० भदौ २०८२, ११ : ५८
सोमबार, ३० भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालयहरू सोमबारबाट खुलेका छन्।
  • आन्दोलनका कारण सरकारी निकायमा क्षति पुगेपछि विद्यालय बन्द भएका थिए।
  • सुदन गुरुङ समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेपछि अवस्था फेरि जटिल बन्ने अनुमान छ।

काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालयहरू सोमबारबाट पुनः सञ्चालनमा आएका छन्। 

आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनजस्ता सरकारी निकायहरूमा क्षति पुगेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको थियो। अहिले अवस्था सामान्य भएपछि पठनपाठन सुरु भएको हो।

यद्यपि, जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आइतबार साँझ प्रधानमन्त्री सुशील कार्कीको राजीनामा माग गर्दै प्रदर्शन गरेपछि स्थिति पुनः जटिल बन्न सक्ने कतिपयले अनुमान गरेका छन्। 

गुरुङ समूहले प्रधानमन्त्री कार्कीले जेनजीका मागहरूबारे छलफल नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै नाराबाजी गरेको थियो। उनीहरूले आफ्ना माग पूरा नभए आन्दोलन नरोकिने र पुनः सडकमा आउने चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप