पदभार ग्रहण गर्दै गृहमन्त्रीले गरे तीन निर्णय
सोमबार, ३० भदौ २०८२, १३ : ५१
सारांश
- गृहमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरे।
- उनले प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरे।
- शोकको रूपमा झन्डा आधा झुकाउने र मृतकका परिवारलाई राहत दिने निर्णय गरे।
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने र मृतकका परिवारलाई प्रति मृतक रु १ लाख काजकिरिया खर्च उपलब्ध गराउने छन् ।
साथै मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसधान व्यवस्थापन गर्ने र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण