एमाले कार्यालयमा फरफराइयो झण्डा
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा साेमबार सबैभन्दा ठुलो झण्डा फहराइएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र यससँग आबद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अङ्कित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठुलो पार्टी झण्डा हो ।
झण्डा बिहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो, जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो । त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको सो भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ ।
झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाइसमेत गरेको थियो। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू करिब तीन घण्टा लगाएर सफा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अन्य पार्टी नेताका घरहरू र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाइ अभियान सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण