जेनजी प्रदर्शनको क्षतिप्रति दुःख व्यक्त
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको बैठकले जेनजी आन्दोलनका क्रममा भएको क्षति प्रति दुःख व्यक्त गरेको छ ।
मंगलबार मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको बैठकले हालै देशमा घटेका विभिन्न घटनाक्रमबारे छलफल गर्दै सुशासनको माग राख्दै युवा पुस्ताले आयोजना गरेको जेनजी प्रदर्शनको क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो ।
बैठकले प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाहरूको घोर भर्त्सना गरेको छ । बैठकले सङ्घीय व्यवस्थापिका, प्रदेश सभा, कार्यपालिका, न्यायालय, स्थानीय तहका भौतिक संरचना, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालयहरूमाथिको आगजनी तथा तोडफोडको निन्दा गरेको छ ।
साथै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भर्त्सना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
बैठकले देशको तत्कालीन राजनीतिक अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानवाद, राष्ट्रियता र लोकतन्त्रको मर्म बमोजिम मुलुकलाई निकास दिन खेलेको भूमिकाको प्रति कृतज्ञता ज्ञापन गरेको छ ।
बैठकले असोज ३ गते आउन लागेको संविधान दिवसलाई संविधानको सम्वद्र्धन र महत्त्व दर्साउने गरी संयमित ढङ्गले मनाउन सरकारलाई सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न संसदीय दलका सदस्यहरूले नेतृत्वदायी भूमिका खेल्ने र सामाजिक अभियन्ताहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
प्रदेश सभालाई प्रभावकारी बनाउन संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग संवादलाई घनिभूत बनाउने र संसदीय समितिहरूलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण