फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने
सारांश
- गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त निर्माणमा बनेको फिल्म 'परान' पोस्ट-प्रोडक्सनमा रहेको छ।
- दीपकप्रसाद आचार्य 'काकु' ले निर्देशन गरेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ।
- फिल्म आगामी कात्तिक १४ गते रिलिज हुने वा नहुने अझै निश्चित छैन, तर निर्देशकले सोही मितिमा रिलिज हुने बताएका छन्।
काठमाडौँ । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माण रहेको फिल्म ‘परान’ अहिले पोस्ट–प्रोडक्सनमा छ । फिल्म कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठीलगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्मले छायाङ्कन समयमा आफ्नो प्रदर्शन मिति कात्तिक १४ गते घोषणा गरेको थियो । तर अहिले मौन छ । फिल्म कात्तिक १४ गते रिलिज हुने नहुने अहिले त्यसै भन्न सकिन्न ।
निर्देशक आचार्यले भने कात्तिक १४ मै फिल्म रिलिज हुने बताए । ‘फिल्मको पोस्ट–प्रोडक्सनको काममा लागेका कारण हामीले बाहिर हल्ला गर्न नभ्याएका हौँ’, आचार्य भन्छन्– ‘केही दिनमा फष्टलुक्स पोस्टर सार्वजनिक गरेर प्रचार थाल्नेछौ ।’
फिल्मको निर्माता नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका शेखर गोल्छा हुन् । उनले फिल्म निर्माणको उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताए ।
फिल्मको कथा र अन्य विस्तृत जानकारी फस्ट लुक्ससँगै सार्वजनिक गर्ने निर्माण युनिटको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण