मैवाखोलामा पहिरोले ११ घर विस्थापित
सारांश
- अविरल वर्षाका कारण ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ११ घर विस्थापित भएका छन्।
- पहिरोका कारण १२ घर परिवार उच्च जोखिममा परेका छन् भने वडा नम्बर २, ४, ५ र ६ बढी प्रभावित छन्।
- दसैँ-तिहार नजिकिँदै गर्दा बाढी-पहिरोले जनजीवन कष्टकर बनाएको छ र थप जोखिम बढ्ने सम्भावना छ।
ताप्लेजुङ । अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन् ।
वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन् । त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन्भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।
यस्तै भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ । वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ । वडा नम्बर ५ को महादेवथान–कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक–रानीवन सडक, रानीवन–साङलुप्पा सडक, रानीवन–साम्तोङ सडक, ओर्खुम–जैवा सडक र फाकुम्बा–यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, तिर्तिरे–खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ ।
दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताएका छन् । प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन् । अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण