सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजीनामा

सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम

बुधबार, ०१ असोज २०८२, १७ : ०७
बुधबार, ०१ असोज २०८२

सारांश

  • जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन्।
  • उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन्।
  • पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीतका गतिविधिका कारण राजीनामा मागिएको हो।

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन् ।  

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएकाे हाे । 

उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् ।

1

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप