१० बजे १० समाचार : सीके राउतलाई अल्टिमेटम, झलनाथको दुखेसो
सारांश
- जेनजी आन्दोलनले देशमा राजनीतिक परिवर्तन ल्यायो, जसले गर्दा नयाँ सरकार गठन भयो र विश्वभरबाट सहयोग जुटिरहेको छ।
- सरकारले भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारको माग राखेको छ, र डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेको छ।
- सिके राउतलाई जनमत पार्टीका नेताहरूले राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छन् भने यूएईले भिजिट र वर्किङ भिसामा रोक लगाएको छ।
आज २०८२ असोज १ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- जेनजी आन्दाेलन
नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले विश्व नै तरङ्गित बनेको छ । यही ’जेनजी’ आन्दोलन र त्यसबाट प्रभावित व्यक्ति, सहिदका परिवार, घाइते तथा अन्य पीडितहरूलाई सहयोग पुर्याउने भन्दै विश्वभरबाट नेपाली समुदाय, विदेशी नागरिक तथा सङ्घ संस्थाले ‘क्राउडफन्डिङ’ गर्न थालेका छन् ।
- जेनजीको माग
जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारको माग राखेर गरेको आन्दोलनले २७ घण्टामा देशमा राजनीतिक उथलपुथल ल्यायो । राज्यको शक्तिशाली निकायमा पुगेका सबैको सम्पत्तिको छुट्टै आयोग बनाएर छानबिन हुनुपर्ने र भ्रष्टाचार मुद्दा दर्ता गर्नुपर्ने प्रमुख माग उनीहरुको थियो ।
- डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार ऊर्जा मन्त्रालयको पद्भार ग्रहण गरेपछि पहिलो निर्णय गरे- डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने । १० वर्षअघिदेखि बक्यौता उठाउने यो विषयले हालसम्म निकास पाएको छैन । अघिल्ला सरकारहरुले विद्युत बक्यौता उठाउनकै लागि विभिन्न आयोगहरु बनाए । आयोगको प्रतिवेदनका आधारमा समेत बक्यौता रकम उठ्न सकेको छैन । डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था गर्ने र रकम उठाउने निर्णय गर्दा घिसिङ आफैं विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए ।
- सिके राउतलाई अल्टिमेटम
जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन् ।
- प्रतिनिधिसभाको काम
०७९ मंसिर ४ गते भएको निर्वाचनपछि गठित प्रतिनिधि सभा विघटन भएको छ । भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।
- फेरिएको प्राथमिकता
जेनजी विद्रोहसँगै यतिबेला देशमा नयाँ सरकार गठन भएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा यतिबेला तीनजना मन्त्री समेत नियुक्त भइसकेका छन् । हालसम्म नियुक्त भएका र चर्चामा आएका व्यक्ति हेर्दा वर्तमान अन्तरिम सरकारमा आशलाग्दा अनुहारहरूलाई सहभागी गराउने देखिएको छ ।
- अलमलमा परराष्ट्र मन्त्रालय
भदौ २३ र २४ गते भएका आन्दोलनले राजनीतिक रूपमा ठुलै परिवर्तन ल्यायो । आन्दोलनपछि देशले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई पाइसकेको छ । कार्कीलाई विश्वका विभिन्न देशले शुभकामना तथा बधाई दिने क्रम जारी छ ।
- स्वास्थ्य मन्त्रालय
विश्वको उत्कृष्ट आर्किटेक्ट डिजाइनमध्ये मानिएको स्वास्थ्य मन्त्रालयको ६० वर्ष पुरानो भवन अब सद्दे छैन । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आएको अराजक समूहले यो भवनमा पनि आगजनी गरेर खण्डहर बनायो ।
- वर्किङ भिसा
संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिट/वर्किङ दुवै भिसा बन्द गरेको छ ।
- मनका कुरा
भदौ २४ गते म, मेरो म्याडम र छोरासहित सिङ्गै परिवार डल्लुस्थित घरमै थियौँ । हामी के कुरामा ढुक्क थियौँ भने यो देशमा विभिन्न पदमा बसेर काम गर्दा पनि हामीले कुनै बेथिति गरेका थिएनौँ । गलत काम गरेका थिएनौँ । एक पैसा कसैको तलमाथि पनि गरेका थिएनौँ । एक पैसा कसैको खाएका पनि थिएनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण