अपडेट
सप्तकोसी नदीमा पानीको बहाव बढ्दै, ३५ वटा ढोका खुल्ला
बुधबार, ०१ असोज २०८२, २३ : ११
सारांश
- सुनसरीमा कोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।
- बुधबार साँझदेखि पानीको बहावमा वृद्धि भएको छ, र राति १० बजे मापन गर्दा २ लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
- बहाव बढेपछि कोसी ब्यारेजका ३५ ढोका खोलिएको छ र खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।
सुनसरी। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।
बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति १०ः०० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
यसअघि राति ८ः०० बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन् भने खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण