यी जिल्लामा आकस्मिक बाढीको जोखिम
सारांश
- मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ, जसले देशभर बदली गराएको छ।
- कोशी, नारायणी, बागमती लगायतका नदीहरूमा बहाव सतर्कता तहभन्दा तल छ, तर कमला नदी आसपास छ।
- ताप्लेजुङ र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश,बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ तथा कमला नदीको बहाव सतर्कता तहको आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसै गरी इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया दाङ, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण