ड्युटीकै क्रममा एयर ट्राफिक कन्ट्रोलर निदाएपछि...
सारांश
- पेरिसबाट कोर्सिका जाँदै गरेको विमानको अवतरणका क्रममा एयर ट्राफिक कन्ट्रोलर निदाउँदा समस्या भयो।
- एजाक्सियो एयरपोर्टमा एयर ट्राफिक कन्ट्रोलर निदाएका कारण विमान २० मिनेटसम्म आकाशमा घुम्यो।
- कन्ट्रोलरलाई ब्यूँझाएपछि विमान सकुशल अवतरण भयो, र घटनाबारे अनुसन्धान सुरु भएको छ।
पेरिस । फ्रान्सको राजधानी पेरिसबाट कोर्सिका द्वीपतर्फ गइरहेको एउटा विमान आफ्नो गन्तव्यमा पुगेर अवतरणको तयारी गरिहँदा एयर ट्राफिक कन्ट्रोलबाट समन्वय नहुँदा करिब २० मिनेटसम्म आकाशमै फन्को लगाउन बाध्य भएको समाचार प्रकाशमा आएको छ ।
यो घटना कोर्सिका द्वीपको एजाक्सियो एयरपोर्टको हो, जहाँ तैनाथ एक्लो एयर ट्राफिक कन्ट्रोलर आफ्नो ड्युटीकै क्रममा निदाएको थियो । फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले बुधबार दिएको जानकारी अनुसार एयर ट्राफिक कन्ट्रोलर निदाएका कारण विमानका पाइलटले अवतरका लागि सहजीकरण प्राप्त गर्न सकेनन् ।
एकमात्र कर्मचारी एयर ट्राफिक कन्ट्रोल सम्हालेर बसेका, त्यसमा पनि निदाएका कारण विमानसँग सम्पर्क नहुँदा अवतरणका लागि ढिलाइ भएको थियो ।
एयर ट्राफिक कन्ट्रोलबाट कुनै प्रतिक्रिया नआएका कारण विमान अवतरण गर्न नसकेका पाइलटले विमानलाई एयरपोर्ट वरिपरि चक्कर लगाएर । यसबिच दमकलका कर्मचारीहरू टावरसँग सम्पर्क गर्ने प्रयासमा जुटेका थिए । पुलिस र अन्य कर्मचारीहरूलाई बोलाएर टावरमा चढेर कन्ट्रोलरलाई उठाएपछि बल्ल उक्त विमान अवतरण गर्न सफल भएको थियो ।
उक्त विमानका क्याप्टेनले अवतरणपछि भने, ‘मेरो दशकौँको करियरमा मैले यस्तो अवस्था कहिल्यै सामना गरेको थिइनँ । हामीले अलिकति चक्कर लगायौँ ।’ अवतरणमा ढिला भए पनि डर वा त्रासको माहोल सिर्जना नभएको उनको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणले यस असामान्य स्थितिका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण