एक लाख घुससहित दैलेखको डुंगेश्वरका लेखा अधिकृत अख्तियारको फन्दामा
शुक्रबार, ०३ असोज २०८२, १० : २१
१
सारांश
- दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो।
- सेवाग्राहीबाट घुस लिँदै गर्दा कार्की पक्राउ परेको अख्तियारका सूचना अधिकारीले बताए।
सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको रातोपाटीलाई बताए ।
बुढाले भने, ‘एक लाख रकम सहित समाएको हो, बाँकी विवरण माथि केन्द्रीय कार्यालयले विज्ञप्ति निकाल्छ ।’पक्राउ परेका कार्कीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण