लुम्बिनी प्रदेशमा पनि मनाइयो संविधान दिवस
सारांश
- लुम्बिनी प्रदेश सरकारले 'समृद्ध लुम्बिनी, खुसी नागरिक' नाराका साथ संविधान दिवस मनायो।
- मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ताको चाहना अनुसार काम गर्न प्रतिबद्धता जनाए।
- सभामुख र पूर्व मुख्यमन्त्रीहरूले संविधानभित्रै समाधान खोज्नुपर्नेमा जोड दिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा आज ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मुख्य सङ्कल्पसहित संविधान दिवस मनाइएको हो ।
उक्त अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । ‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ’ मुख्यमन्त्री आचार्यले भने ।
उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताए । कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले पछिल्लो राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै संविधानभित्रबाट निकास खोजिनुपर्नेमा जोड दिए । उनले यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिने बताए ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए ।
पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेका थिए ।
कार्यक्रममा प्रदेश सभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरू, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण