बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती नदी किनारमा पुरुषको शव फेला

शुक्रबार, ०३ असोज २०८२, १३ : २७
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • रौतहटको राजदेवी नगरपालिकामा बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
  • मृतकको उमेर ४०-४२ वर्षको रहेको अनुमान गरिएको छ, र उनको पहिचान खुलेको छैन।
  • प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

रौतहट । रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका–४ गडहिया घाटस्थित बागमती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब ४०–४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन्। घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी ब्रहमरपुरीबाट असईको कमान्डमा खटिएको टोलीले शव फेला पारेको हो।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप