दसैँलाई लक्षित गरी यातायात व्यवस्थापनमा विशेष तयारी
सारांश
- दसैँ नजिकिँदै गर्दा, यातायात व्यवस्थापनका लागि मन्त्रालयले विशेष तयारी थालेको छ।
- सडकको अवस्था, सवारी साधन, भाडादर र सुरक्षा लगायतका विषयमा छलफल भयो।
- यात्रुको सहजताका लागि मर्मतसम्भार र अपुग सवारीको व्यवस्थापन गरिनेछ।
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहज यात्राका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा विशेष तयारी थालेको छ। यसका लागि मन्त्रालयमा शनिबार सरोकारवाला निकायका प्रतिनिधिहरू सहित छलफल गरिएको छ ।
कार्यक्रममा यात्रुहरूको चापलाई मध्यनजर गरी सडकको अवस्था, सवारी साधनको व्यवस्थापन, भाडादर, र सुरक्षा जस्ता विभिन्न पक्षमा छलफल गरिएको हो । मन्त्रालयले यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ।
विशेषगरी चाडपर्वको समयमा सडकमा हुने अवरोध, खाल्डाखुल्डी र अन्य समस्याहरूलाई समाधान गर्न तत्काल पहल गरिएको छ भने पानी परेर सडक बिग्रिएको अवस्थामा त्यसको व्यवस्थापन र मर्मतमा विशेष ध्यान दिइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी यात्रुहरूको मागलाई सम्बोधन गर्न अपुग सवारी साधनको व्यवस्थापन गरिने भएको छ भने सम्भव भएसम्म नयाँ सवारी साधन थप गर्ने वा हाल रहेका साधनको पूर्ण उपयोग गर्ने बताइएको छ ।
मन्त्रालयले यात्रुहरूलाई संयमित भएर यात्रा गर्न र नियमको पालना गर्न आग्रह गरेको छ। यसका साथै, मन्त्रालयले चाडपर्वको अवसरमा गरिने यात्राहरूलाई सुरक्षित र आनन्ददायी बनाउन सबै नागरिकहरूको साथ र सहयोगको अपेक्षा गरेको मन्त्री कुलमान घिसिङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण