शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेसका ६ भाइ चाक्सीबारीमा छलफलमा

आइतबार, ०५ असोज २०८२, ११ : ५४
आइतबार, ०५ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू पार्टीको आगामी महाधिवेशनबारे छलफल गर्दै प्रकाशमान सिंह निवासमा भेला भएका छन्।
  • छलफलमा आगामी महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा समान धारणा बनाउने विषयमा कुराकानी भइरहेको छ।
  • विजयकुमार गच्छदारबाहेक कांग्रेसका सात पूर्व पदाधिकारीहरू छलफलमा सहभागी छन्।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वपदाधिकारी ६ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भएर छलफलमा जुटेका छन् । बिहान ११ बजेदेखि पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले छलफल गरिरहेका हुन् ।

निकट स्रोतका अनुसार उनीहरूबिच पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसी अगाडि बढ्ने, शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा समान धारणा बनाउने विषयमा कुराकानी भइरहेको छ ।

कांग्रेसका सात पूर्व पदाधिकारीले छलफल गरिरहेकामा पूर्वउपसभापति विजयकुमार गच्छदार भने आइतबारको छलफलमा सहभागी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप