नाडा र प्रधानमन्त्रीबिच अटोमोवाइल व्यवसायबारे छलफल
सारांश
- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्कीसँग अटोमोबाइल व्यवसायमा परेको असरबारे छलफल भयो।
- छलफलमा व्यवसायीको सुरक्षा, शान्ति र रोडम्याप बनाउनुपर्ने र २२ बुँदे सुझाव पेस गरिएको थियो।
- प्रधानमन्त्री कार्कीले व्यवसायीका सुझावलाई मनन गर्दै आन्दोलनले पारेको क्षतिप्रति सरकार गम्भीर रहेको बताइन्।
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी हालको जटिल परिस्थितिले अटोमोबाइल व्यवसायमा पारेको असरबारे छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले व्यवसायीको सुरक्षा, शान्ति र अमनचयनलाई प्राथमिकता दिनुपर्ने र सरकारले स्पष्ट रोडम्याप बनाए अटोमोबाइल व्यवसाय गतिशील हुने धारणा राखे। नाडाले प्रधानमन्त्रीसमक्ष २२ बुँदे सुझाव पेस गरेको छ। तीमध्ये पेट्रोल तथा डिजेल गाडीका लागि बैङ्कबाट उपलब्ध हुने मूल्य–ऋण अनुपात हालको ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने र नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनले सिर्जना गरेको चुनौतीबारे समाधान खोज्नुपर्ने माग प्रमुख छन्। साथै, उद्योग प्रवर्द्धन परिषदमा नाडाको प्रतिनिधित्वको माग पनि राखिएको छ।
छलफलको क्रममा प्रधानमन्त्री कार्कीले व्यवसायीका सुझावलाई मनन गर्दै आन्दोलनका कारण व्यवसायमा परेको क्षतिप्रति सरकार गम्भीर रहेको बताइन्। उनले नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको र हरेक आन्दोलनले व्यवसायीलाई नै प्रताडित गरेको अनुभव सुनाउँदै विधिको शासन पालना गर्न आग्रह गरिन्।
आइतबार सम्पन्न छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्यालसहितका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण