यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर रुट परमिट खुला
सारांश
- यातायात व्यवस्था विभागले आजदेखि देशभर रुट परमिट खुला गरेको छ, जुन असोज २२ गतेसम्म लागु हुनेछ।
- बुटवल- नारायणघाट सडक खण्डमा ठूला मालवाहक सवारीसाधन दसैँभर सञ्चालन नहुने तर अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तरता दिइनेछ।
- यात्रुको चाप बढेकाले यातायात व्यवसायी महासंघले सबै निकायलाई सहजीकरण गर्न र नागढुङ्गा सुरुङमार्गमा यात्रुवाहक बसलाई एकतर्फी सञ्चालन गर्न आग्रह गरेको छ।
काठमाडौँ । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२ गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
त्यस्तै, बुटवल–नारायण घाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।
यस्तै बाटाे अवरुद्ध बनेका कारण मुग्लिन -नारायणगढ सडक खण्ड लगायतमा सवारीकाे जाम बढेकाे र आजदेखि देशभर रुट परमिट खुला रहेकाले सबै निकायलाई सहजिकरणका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सराेज सिटौलाले सवारीसाधनहरूलाई यात्रुको चाप बढी हुने स्थानहरूमा सबै निकायले सहजीकरण गरिदिन आग्रह गरे ।
उनले भने,'काठमाडौँबाट बाहिरिने यात्रुवाहक सवारीसाधन जाम भइरहेको छ । समयमा गन्तव्यसम्म पुग्न नसकेको समस्या छ । आजदेखि अत्यावश्यक बाहेकका मालवाहक सवारीसाधनहरू नपठाउन र यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिने सहमति भएकोमा पूर्ण कार्यान्वयन गरिनुपर्छ ।'
नागढुङ्गा सुरुङमार्ग यात्रुवाहक बसहरूलाई काठमाडौँबाट जाँदा एकतर्फी छोड्ने भएको सहमति छिटाे लागू गर्न समेत उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण