काठमाडौँ । घटस्थापनाको दिन बिहानैदेखि काठमाडौँका सर्वसाधारणहरू जमरा राख्नका लागि बागमती नदी किनारमा बालुवा लिन पुगेका छन्। विशेष गरी, पशुपतिस्थित गुह्येश्वरी मन्दिर परिसरमा रहेको बागमती नदीको किनारबाट पवित्र बालुवा निकाल्ने प्रचलन बढ्दै गएको छ।
दसैँको पहिलो दिन अर्थात् घटस्थापनाका दिन माटो वा बालुवामा जौ छरेर जमरा उमार्ने गरिन्छ। यो जमरा विजयादशमीका दिन टीका लगाउँदा मान्यजनले आशीर्वादसँगै लगाइदिने चलन छ।
पशुपतिनाथ मन्दिर वरपरको बागमतीको पवित्र जलले सिञ्चित भएको बालुवालाई जमराका लागि शुद्ध मानिन्छ, जसले गर्दा यस क्षेत्रमा बालुवा लिने मानिसहरूको भीड लागेको हो।
_5dQF0RXWnZ.jpg)
_N8E0fz5cdI.jpg)
_55kLqkMDVp.jpg)
_jKU1bFTEYs.jpg)
_GKIoUfkY2I.jpg)
_9Z2J9MjlYU.jpg)
_Vfj3rr7yud.jpg)
_uSN9dGBiTJ.jpg)
_BruQQD5fw1.jpg)
_komiaz0nbe.jpg)
_qI19bhPOkr.jpg)
_2S1XKmKu0m.jpg)
_BIx8PwWP1r.jpg)
_XGGh3FtDAt.jpg)
प्रतिक्रिया