अपडेट
नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?
सोमबार, ०६ असोज २०८२, १५ : २१
सारांश
- सोमबार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
- राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा चार जना मन्त्रीहरूले शपथ लिए।
- शपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवनमा सम्पन्न भएको थियो।
काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिने मन्त्रीहरुमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् ।
सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण