डिककको एकदिवसीय क्रिकेटबाट संन्यास फिर्ता
काठमाडौँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास फिर्ता लिएका छन् ।
उनी पाकिस्तान भ्रमणका लागि टोलीमा समावेश भएका हुन् ।
३२ वर्षीय डिककले सन् २०२३ को विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले १५५ खेलमा २१ शतकसहित ६ हजार ७७० रन बनाएका थिए ।
डीककले टी–ट्वान्टी अन्तर्राष्ट्रियबाट भने संन्यास लिएका थिएनन् । दक्षिण अफ्रिकाका लागि उनको अन्तिम खेल २०२४ को टी–ट्वान्टी विश्वकपको फाइनलमा भारतसँगको हार थियो । जुन प्रतियोगितामा उनी टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए ।
‘एकदिवसीयमा क्विन्टनको कमब्याक हाम्रो लागि ठुलो प्रोत्साहन हो,’ दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्री कनरडले भने ।
दक्षिण अफ्रिकाले अक्टोबर १२ र नोभेम्बर ८ को बिचमा पाकिस्तानसँग दुई टेस्ट, तीन टी–ट्वान्टी र तीन एकदिवसीय खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण