धनगढीमा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण
मङ्गलबार, ०७ असोज २०८२, ०८ : १८
सारांश
- कैलालीको धनगढी उपमहानगरपालिकामा जेनजी शहीदको सम्मानमा सडकको नाम जेनजी मार्ग राखियो।
- धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जेनजी मार्ग नामकरणको घोषणा गरेका थिए।
- वडा अध्यक्ष राजबहादुर ऐरले कार्यपालिका बैठकबाट नामकरण प्रस्ताव पारित हुने बताए।
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ। जेनजी आन्दोलन र जेनजी शहीदहरूको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो।
नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए।
नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। उनले नगर प्रमुखले गरेको घोषणाअनुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण