शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

झापामा डेरा गरी बस्ने युवकले गरे घर मालिकको हत्या

मङ्गलबार, ०७ असोज २०८२, ११ : ५७
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • झापाको बिर्तामोडमा एक जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
  • फुर्बा तामाङको हत्या आरोपमा प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।
  • राईले धारिलो हतियार प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।

झापा । झापाको बिर्तामोडमा हत्या आरोपमा एक पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप